News

चीनियाँ कम्पनीको वेहालः आधा समय सकिदा जामुने–पोखरा सडकको निर्माण ७ प्रतिशत

चीनियाँ कम्पनीको वेहालः आधा समय सकिदा जामुने–पोखरा सडकको निर्माण ७ प्रतिशत

चीनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जामुने–पोखरा सडक विस्तारको काम सहज रुपमा अघि वढ्न सकेको छैन। निर्माण कम्पनीको वेवास्ताले कछुवा गतिमा काम भइरहेको छ।

यो सडक खण्ड निर्माणका लागि तोकिएको आधाभन्दा बढी समय सकिएको छ । तर, काम भने ७ प्रतिशत मात्रै भएको प्राविधिकहरु वताउँछन। काममा भएको ढिलासुस्तीले यात्रुहरुले सास्ती भोग्दै आएका छन्। राजमार्ग र आसपासका बासिन्दा धुलो र हिलोमा बस्नुपर्ने बाध्यता छ।

चीनियाँ कम्पनी आन्हुई काइयुवान हाइवे एन्ड ब्रिज कम्पनी लिमिटेडले तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्मको सडक विस्तारका लागि ठेक्का लिएको छ। ०७८ जेठ २ मा उक्त कम्पनीसँग सम्झौता भएको थियो। ०७८ भदौ १२ गतेदेखि काम सुरू गरेको कम्पनीले ०८१ भदौसम्म सडक विस्तारको काम सक्नु पर्ने छ।

७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको यो सडक खण्डको निर्माण कामको अवस्था हेर्दा समयमा काम सकिनेमा आयोजना प्रमुख अमृत श्रेष्ठ समेत ढुक्क छैनन्। निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन नगरेकाले कामले गति लिन नसकेको उनको भनाई छ।

समयमै काम सम्पन्न गर्न ठेकेदारलाई पत्राचार गरिसके पनि प्रगति सन्तोषजनक नभएको श्रेष्ठले गुनासो गरे।

०२६ सालमा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य सुरु भएको हो। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ।

जामुने–पोखरा

विशेष