News विदेश

लोकतन्त्रमा कुनै पनि सभ्य राष्ट्रले सैनिक अदालत धान्‍न सक्दैन : मुत्ताहिदाका नेता 

लोकतन्त्रमा कुनै पनि सभ्य राष्ट्रले सैनिक अदालत धान्‍न सक्दैन : मुत्ताहिदाका नेता 

 

इस्लामावाद । मुत्ताहिदा कौमी मूभमेन्ट (एमक्यूएम) का नेता अल्ताफ हुसैनले कुनै सभ्य राष्ट्रले लोकतन्त्रमा सैन्य अदालतहरू धान्‍न नसक्‍ने बताएका छन्। 

पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि उनले यो अभिव्यक्ति दिएका हुन्। पाकिस्तानको हालको अवस्थालाई 'अघोषित कू' को संज्ञा दिँदृ एमक्यूएमका नेताले पाकिस्तानी मुलधारका मिडियाले पाकिस्तान तहरीक-ए इन्साफ (पीटीआई) का राजनीतिक नेता, पदाधिकारी, कार्यकर्ता र समर्थकहरूमाथि मुद्दा चलाइने बताएकोप्रति आपत्ति जनाएका छन्। 

'पाकिस्तानी सेनाले देशमा ५० वर्ष प्रत्यक्ष शासन गरेको छ र बाँकी २५ वर्षको नागरिक शासन एउटा डमीको रुपमा कामय भएको थियो किनभने सेनाले देशमा पर्दा पछाडिबाट शासन गर्‍यो। कु गर्ने सेनाको शौक बनेको छ,' उनले भने। 

'देशमा न्यायिक प्रणाली कमजोर भए पनि राजनीतिक नेता तथा कार्यकर्तालाई सैनिक अदालतमा मुद्दा हाल्नु नितान्त बेतुका कुरा हो। यस सैन्य साहसिक कार्यमा वर्तमान कठपुतली नागरिक संघीय र प्रदेश सरकार मौन हुनु अनौठो भएको,' उनले थपे,'यस कथित सैन्य कठपुतली नागरिक संघीय सरकारले महत्वाकांक्षी र शक्तिको भोको सैन्य प्रतिष्ठानलाई कभर दिनु हुँदैन र यदि यसले सैनिक अदालतमा नागरिकहरूको मुद्दा चलाउन अस्वीकार गर्न सक्दैन भने राजीनामा दिनुपर्छ। लोकतन्त्रमा कुनै पनि सभ्य राष्ट्रले सैन्य अदालत धान्न सक्दैन।'

मे ९ मा इमरान खानलाई इस्लामाबाद उच्च न्यायालय (आईएचसी) बाट रेंजर्स कर्मचारीहरूले पक्राउ गरे र राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को वारेन्टमा कार्य गर्दै पीटीआई अध्यक्षलाई अल-कादिर ट्रस्ट केसमा अनुसन्धानको लागि भनेर पक्राउ गरिएको थियो। उनको विरुद्ध दर्ता गरिएको धेरै एफआईआरहरूमा जमानत लिनको लागि आईएचसीमा उपस्थित हुनु अघि नै उनलाई पक्राउ गरिएको हो। 

इमरान खानको गिरफ्तारीको बारेमा एमक्यूएम नेताले अर्धसैनिक रेंजर्सले अदालतको पवित्रताको अपमान गरेको, झ्याल र ढोका तोडेको र पीटीआई प्रमुखलाई गिरफ्तार गर्ने तरिका 'चकित पार्ने' किसिमको भएको बताए। 

कुर्सीमा बसेका इमरान खानलाई नराम्रोसँग हातपात गरिएको र ह्वीलचेयरबाट घिसारेर लगिएको पनि उनले दाबी गरे। रेन्जरहरूले उनलाई निर्दयी तरिकामा कुनै राहत नदिई कारमा हाले।

'यो कार्य निन्दनीय मात्र होइन, पूर्णतया असंवैधानिक र गैरकानूनी थियो। म यस्तो अमानवीय कार्यको कडा निन्दा गर्दछु। साथै, मलाई यो पनि लाग्छ कि इस्लामाबाद उच्च अदालतले त्यो गिरफ्तारीलाई न्यायोचित ठहर गरेको तरिका पनि स्तब्ध थियो,' उनले भनेका छन्, 'यस प्रकारको गुंडाको शैलीमा गरिएको यो असंवैधानिक र गैरकानूनी गिरफ्तारी थियो। यो धेरै दुखद र हृदयविदारक थियो।' 

विशेष