News

विनोद चौधरीले संसदमा ‘जव भयो राती, अनि वुढी ताती’ भनेपछि...

विनोद चौधरीले संसदमा ‘जव भयो राती, अनि वुढी ताती’ भनेपछि...

नेपाली कांग्रेसका सांसद विनोद चौधरी बजेट माथिको छलफलमा नेपाली उखान ‘जव भयो राती, अनि वुढी ताती’ भनेपछि एमालेका महिला सांसदले हंगामा गरेका छन्।

उनीहरुको आक्रोश पछि सभामुख देवराज घिमिरेले सांसद विनोद चौधरीले व्यक्त गरेको शब्द संसदीय मर्यादाभन्दा वाहिर भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिनु परेको छ।

किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाइँ गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन खोजेका थिए। त्यसका लागि उनले उखान सुनाए। चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरे।

एमालेका महिला सांसदहरूले उखान प्रयोग गरेर महिलामाथि आक्रमण गरिएको भन्दै उक्त उखान रेकर्डबाट हटाउन माग गरेका थिए। लगत्तै सभामुखले शब्द हटाउन निर्देशन दिएका थिए।

बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले ‘उत्पादन साथमा अनुदानमा हातमा’, ‘एक स्वास्थ्य संस्था एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै,’ ‘नेपाल घुमौं नेपाल चिनौं’ जस्ता नाराले बजेटको दृष्टिकोण प्रस्ट्याएको बताए। तर, त्यसको कार्यान्वयनप्रति उनले आशंका व्यक्त गरे।

विनोद चौधरी

विशेष