News अपराध सुरक्षा

पतिकी प्रेमिकाको गोग्य फोटो/भिडियो म्यासेन्जरमा हालेर चरित्र हत्या गर्ने ज्ञानु पक्राउ

पतिकी प्रेमिकाको गोग्य फोटो/भिडियो म्यासेन्जरमा हालेर चरित्र हत्या गर्ने ज्ञानु पक्राउ

फेसवुक म्यासेन्जरमा पहुँच वनाएर पतिकी प्रेमिकाको गोप्य फोटो/भिडियो निकाली चरित्र हत्या गर्ने स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ गिजिनडाँडाकी ४२ वर्षीया ज्ञानु थापा प्रहरीले पक्राउ गरेको छ।

पतिकी प्रेमीकाले दिएको जाहेरीका आधारमा साइबर ब्युरोले ज्ञानुलाई पक्राउ गरेर काठमाण्डौं ल्याएको छ। पीडित महिलाका फेसवुक मार्फत चिनजान भएका एक पुरुषसँग उनको प्रेम वसेको थियो। 

त्यसबीच उनीहरूले आफ्ना गोप्य तस्बिर तथा भिडिओहरू समेत आदानप्रदान गरेका थिए। तर, त्यसपछि ती महिलाले आफनो प्रेमी विवाहित भएको थाहा पाईन। त्यसपछि उनले ति पुरुषसँगको सम्वन्ध चटक्क छोडिन। 

तर, त्यसको केही समयपछि अपरिचित फेसवुक आईडीबाट पीडित महिलाकी भाउजुको म्यासेन्जरमा उनका गोप्य फोटो/भिडियो आउन थाले। यसरी आफना फोटो र भिडियो सामाजिक सञ्जालमा आदान प्रदान हुन थालेपछि आत्तिएकी महिलाले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

प्रहरी अनुसन्धान गर्ने क्रममा घटनामा ज्ञानु थापाको संलग्नता रहेको पत्ता लगायो। ज्ञानुले आफ्ना पतिसँग पीडित महिलाबीच भएको कुराकानी थाहा पाएपछि फोटो/भिडियो निकालेर उनकी भाउजूलाई पठाएको पाईएको प्रहरीले जनाएको छ।

यो प्रकरणमा उनका पतिको संलग्नता अहिलेसम्म पुष्टि नभएको प्रहरीको भनाई छ।

म्यासेन्जर चरित्र हत्या

विशेष