News

मुकुन्द घिमिरेले बालेन्द्रलाई भनेः फोहोर उठान नसक्नेले भित्ता कोरेर मोदीलाई काउण्डर पुग्छ ?

मुकुन्द घिमिरेले बालेन्द्रलाई भनेः फोहोर उठान नसक्नेले भित्ता कोरेर मोदीलाई काउण्डर पुग्छ ?

कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले आजभोली सामाजिक सञ्जालका पोष्टका कारण बेला वेलामा चर्चामा आईरहन्छन्।

उनी चित्त नवुझेका कुरा निर्धक्क वोल्ने÷लेख्ने गर्छन। जसका कारण उनको पोष्टमा धेरैको चासो हुन्छ। शुक्रवार उनले काठमाण्डौंका मेयर बालेन्द्र साहलाई लक्षित गरेर फेसवुकमा अर्को पोष्ट गरेका छन्।

उनको पछिल्लो पोष्ट भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्शा र त्यसलाई काउण्टर दिदै मेयर वालेन्द्रले आफनो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’ को नक्सासँग सम्वन्धित छ।

उनले बालेन्द्रको कार्यकक्षमा भएको नक्सालाई ‘ट्वाईलेटका भित्तामा कोरेको आमाचकारी नक्सा’ भन्दै ब्यंग्य गरेका छन्। उनले लेखेका छन्–‘के फोहोर उठाउन नसक्नेहरुले टोइलेटका भित्तामा अमाचकारी नक्शा कोरेर डेढ अर्ब जनता पाल्ने मोदीलाई काउन्टर पुग्छ र?’

नेपाल, बंगलादेश र पाकिस्तानका कतिपय ठाउँलाई समेटिएको ‘अखण्ड भारत’ को नक्सालाई काउण्टर दिदै बालेन्द्रले विहिवार मात्रै आफनो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए।

विशेष