प्रचण्डविरुको रिट दर्ता गर्न सर्वोच्चको आदेश, अन्तर्राष्ट्रिय अपराधमा होला कारवाही ?

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
माओवादीकै पूर्वबाल सेनासमेत रहेका लेनिन विष्टले दिएको मुद्दा दर्ता गर्न न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले आदेश दिएको हो। यसअघि उनको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।
विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए। तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए।
शुक्रबार दर्ता गर्न आदेश भएको उक्त रिटमा विष्टले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाएका छन्।