News

प्रचण्डको भावुक्तामा पनि प्रतिपक्षलाई धम्कीः ‘समस्या तपाईहरुमा पनि छन्’

प्रचण्डको भावुक्तामा पनि प्रतिपक्षलाई धम्कीः ‘समस्या तपाईहरुमा पनि छन्’

प्रधानमन्त्री पुष्पकमल दाहाल आज संसदमा छोरीलाई सम्झेर भावुक बनेका छन्। गत असार १८ गते बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री भावुक बनेका हुन्। उनी साँच्चै भावुक वनेका हुन वा मुद्दालाई विषयान्तर गर्न खोजेका हुन भन्ने चाही स्पष्ट छैन। 

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू भावनात्मक रहेको बताउँदै आफूले नियतवश त्यस्तो नभनेको वताए । सो अभिब्यक्ति प्रति उनले आफ्नो गल्ती स्वीकार गरेका छन्। 

‘म अलिकति भावनात्मक छु नै, म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो। अब गर्नुहुन्छ के? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त? यो’ उनले भने–‘मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ। क्रान्ति कालमा राष्ट्रियताको नाममा लडेको सकियो यतिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त?’ 

दाहालले आफूले ०६८/०७९ सालमा आफ्नी छोरी ज्ञानु बिरामी हुँदा भारतको दिल्लीस्थित प्रितम सिंहको घरमा बसेको र सोही बेला उनले आफूलाई प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गरेको बताए। 

उनले भावनात्मक सम्वोधनपछि नै प्रतिपक्षीलाई ‘समस्यामा तपाईहरु पनि हुनुहुन्छ र घेरिनु हुन्छ’ भन्दै चेतावनी समेत दिए। आफु विरुद्ध घेरावन्दी भएको, स्पष्टिकरणको मौका नदिएको र राजिनामा मागेको भन्दै उनले समस्यामा नभएको र विवादमा नभएको कोही पनि नभएको वताए। अहिले आफुलाई परेको समस्या भोली अरुलाई पनि पर्छ भन्दै उनले घुमाउरो पारामा चेतावनी दिएका छन्।

विशेष