News

भारतको पिनी गाउँः जहाँ अहिले पनि महिलाहरु कपडा लगाउँदैनन

भारतको पिनी गाउँः जहाँ अहिले पनि महिलाहरु कपडा लगाउँदैनन

भारतमा अहिले पनि एउटा यस्तो गाउँ छ, महिलाले लुगा लगाउँदैनन्। तर, सधैंभरी कपडा लगाउँदै नलगाउने भने होईन। वर्षमा ५ दिन यस्ता दिन हुन्छन् जसमा महिलाले लुगा लगाउँदैनन्। 

त्यो गाउँ हिमाचल प्रदेशको मणिकर्ण उपत्यकामा छ। जसलाई ‘पिनी’ भनिन्छ। यहाँ वर्षमा ५ दिनसम्म लुगा नलगाउने परम्परा छ। यो प्रथा शताब्दीयौंदेखि चलिआएको छ। यी पाँच दिन पिनी गाउँमा बाहिरका मानिस आउन पाउँदैनन्। 

लुगा नलगाएको दिन महिलाहरु घरमै बस्छन्। त्यसैले उनीहरुलाई मानिसले देख्न पाउँदैन। यो समयमा महिला मात्र होइन पुरुषले पनि केही नियम पालना गर्छन्। जसरी उनीहरू न रक्सी पिउन पाउँछन् न त मांसाहारी भोजन गर्छन।

पाँच दिनमा श्रीमान–श्रीमती एक–अर्कासँग कुरा पनि गर्दैनन्। श्रीमानले श्रीमतीलाई हेर्न पाउँछन्। अरूले भने कुनै महिलालाई हेर्न पाउँदैनन्। यो समयमा श्रीमान् श्रीमती एक अर्कालाई देखेर हाँस्न पनि सक्दैनन्। यो परम्परा पुरुषले पनि पालना गर्नु अनिवार्य छ। स्थानीयका अनुसार यो परम्परा पालना नगरे केही दिनपछि महिलालाई केही नराम्रो हुन्छ।

स्थानीयका अनुसार यो गाउँको रोचक कथा छ। शताब्दीयौंअघि उनीहरूको गाउँमा दानवहरुको चकचकी थियो। उनीहरुले गाउँका विवाहित महिलाहरूलाई सुन्दर लुगा लगाएर लैजान्थे। गाउँलेहरूलाई दानवहरूबाट बचाउन ‘लहुआ घोण्ड’ नामक देवता प्रकट भए। देवताले राक्षसहरूलाई परास्त गरे। अहिले महिलाले राम्रा लुगा लगाएको खण्डमा आजका दिनमा पनि भूतले उठाएर लैजान्छ। त्यसैले महिलाहरू लुगाबिना बाँच्न सक्छन् भन्ने गाउँले विश्वास गर्छन्।

यसैले वर्षमा पाँच दिन उनीहरू कपडा लगाउँदैनन्। त्यो समयमा यदि कुनै महिलाले आफ्नो शरीर ढाक्न चाहन्छन् भने, उनी ऊनले बनेको कपडा प्रयोग गर्न सक्छिन्। यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ । 

विशेष