भारतमा पहिरोमा परी एकै परिवारका तीन नेपालीको मृत्यु
भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिम्ला जिल्लाको क्यारामा पहिरोमा पुरिएर एकै घरका तीन नेपालीको मृत्यु भएको छ।
रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको पहिरोमा परेर मृत्यु भएको हो। उनीहरुको सोमबार बिहान मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन्।
त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछिको पहिरोको कारण उनीहरूको मृत्यु भएको जानकारी दिए।
क्यारा क्षेत्रमा विगत तीन–चार दिनदेखि अविरल वर्षा भइरहेको र कोठाभित्रै रहेका उनीहरू पहिरोले परिएर मृत्यु भएको जनाईएको छ। देवबहादुर गत मंसिरमा र आमाछोरा २२ दिनअघि मात्रै त्यहाँ पुगेको वडाध्यक्ष खडकाले वताए।