News

शरणार्थी प्रकरणः अडियो सक्कली भएको पुष्टि भएपछि के हुन्छ आरजु र मञ्जुको अनुशन्धान ?

शरणार्थी प्रकरणः अडियो सक्कली भएको पुष्टि भएपछि के हुन्छ आरजु र मञ्जुको अनुशन्धान ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद एवम् कांग्रेस नेतृ डा. आरजु राणाको नाम लिइएको अडियो सक्कली भएको प्रमाणित भएपछि अव उनको हकमा प्रहरीले कस्तो भुमिका निर्वाह गर्ला भन्ने चासो वढेको छ।

प्रहरीले गरेको परिक्षण र छानविनमा उक्त आवाज ललिता निवास प्रकरणमा पक्राउ परी हिरासतमा रहेका विचौलीया सन्देश शर्माकै भएको पुष्टि गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मिलेको जनाएका छन्।

यो प्रकरणमा कराडौं असूलेको भन्दै कांग्रेस सांसद राणा र पुर्वगृहमन्त्री एवम कांग्रेस नेता बालकृष्ण खाणकी पत्नि मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भएको थियो। अडियोमा दाङका सन्देश शर्माले ‘आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको’ जिकिर अर्का व्यक्तिसँग गरेका छन् ।

डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा पीडितले उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि छ। यो अडियो सार्वजनिक भएपछि राणाले छानबिन गर्न भन्दै साइबर ब्यूरोमा निवेदन दिएकी थिईन।

अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न उनले माग गरेकी छिन्। यता, प्रहरीले अडियो सक्कली भएको प्रमाणित भएपनि यसअघि नै पैसा लिएको खुल्ने आधारहरु नभेटिएको भन्दै बयान समेत नलिएको प्रहरीले उनलाई कारवाही गर्ला भन्ने आशा कमैले मात्र गरेका छन्।

त्यसमाथि अपराध स्विकारेर फरार भएकी मन्जु खाण निकै दिनपछि सार्वजनिक हुनु र उनलाई समेत प्रहरीले बयानका लागि नवोलाउनुले उनीहरुको हकमा राणा र खाणको हकमा राजनीतिक सहमति बनिसकेको र उनीहरु छानविनको दायरामा नआउने अधिकांशको वुझाई छ।

प्रहरीले यसअघि नै ‘भीआईपीको नाम लिँदा पीडितहरुले काम हुन्छ भन्नेमा विश्वास गर्ने भएकाले कतिपय नामहरु मुछेको पाइएकाले पछि खुले थप अनुसन्धान गर्ने गरी बाटो खुला राखिएको’ भन्दै मुद्दा दर्ता गर्दा नै उनीहरुको नाम समावेश गरेको छैन।

अनुसन्धान सकेर जेठ १० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गर्दा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जना पूर्पक्षका लागि थुनामा गएका छन् । प्रहरीका अनुसार अरुको हकमा थप प्रमाणहरु भेटिएको छैन ।

यसअघि शर्माले नै वयान फेरेका कारण पनि राणा आफु ढुक्क छिन्। शर्माले राणालाई सहज हुने बयान दिएपनि प्रहरीले त्यो बारेमा बोलोस भन्ने मनसायले उनले उजुरी हालेको जानकारहरु वताउँछन्। त्यही विषय अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत् प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको भन्दै सार्वजनिक गरेको छ।

तर, अव थप अनुसन्धान कसरी अघि बढ्छ भन्ने प्रहरीले बताएको छैन । 

भुटानी शरणार्थी आरजु राणा मञ्जु खाँड मञ्जु खाण

विशेष