News अपराध सुरक्षा

गोली हानेर मारेको मृग हेर्न जाँदा आफनै साथी ढलेको देखेपछि...

गोली हानेर मारेको मृग हेर्न जाँदा आफनै साथी ढलेको देखेपछि...

भोजपुरमा शिकार खेल्न गएका आफनै साथीले चलाएको वन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको हो।

घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको भोजपुरका एसपी सरतकुमार थापा क्षेत्रीले वताए।

उनीहरुले मृग सम्झेर गत असार २२ गते राति गोली चलाउँदा प्रधानको मृत्यु भएको खुलेको छ। साथीको मृत्यु भएपछि उनीहरुले शवलाई अखुवा खोलाको बगरमा पुरेको अनुशन्धानबाट खुलेको क्षेत्रीले वताए।

प्रहरीले शव उत्खनन गरी परीक्षणका लागि जिल्ला अस्पतालमा राखेको छ। दिप्सन वेपत्ता भएपछि मृतकका आफन्तले असार २४ गते खोजीका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए।

विशेष