News

राष्ट्रिय एकता अभियानको कमिटी विघटन, ६ महिनाभित्र सम्मेलन गर्ने निर्णय

राष्ट्रिय एकता अभियानको कमिटी विघटन, ६ महिनाभित्र सम्मेलन गर्ने निर्णय

राष्ट्रिय एकता अभियानको वर्तमान कमिटी विघटन भई निर्वतमान अध्यक्ष विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन भएको छ।

हिन्दु धर्म र राष्ट्रियताको पक्षमा दबावमुलक कार्यक्रम सञ्चालन गर्दै आएको अभियानको आईतवार राजधानीमा सम्पन्न संस्थापक एवम् प्रमुख अभियन्ताहरुको वैठकले सम्मेलन आयोजक समिति गठन गरेको हो। समितिको महासचिवमा डा. प्रभात कुमार कुशवाहा छन्।

बतिसपुतलीमा सम्पन्न भएको वैठकले अभियानलाई राजनीतिक संगठनको रूप परिवर्तन गर्ने निस्कर्षसहित हालको केन्द्रिय तहको अनौपचारिक संरचना विघटन गर्ने निर्णय गरेको हो। औपचारिक केन्द्रिय समिती गठनका लागि अभियानका साधारण सदस्यहरूलगायत सबै सदस्यहरूको सहभागीतामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको छ।

६ महिनाभित्र सम्मेलन आयोजना गर्ने र परिस्थितीजन्य कारणले आवश्यक परे ३ महिनासम्म मिति सार्न सकिने जनाईएको छ। सम्मेलनको मिती र स्थान आयोजन समितीले तोक्नेछ।

अभियानको अबधारणा पत्रको आधारमा संगठनको विधान तथा नियमाबली तयार गर्नका संविधानसभा सदस्य वीपी यादवको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा उप–समिती गठन गरिएको छ । 

बैठकले अभियानको स्थापनामा विशेष भुमिका निर्वाह गरेका विनय यादव, निवर्तमान उपाध्यक्ष सुनिता साह तथा मुख्य अभियन्ताहरु मनिष पुर्वे, विवेक कुशवाहा, कृष्ण साह, बोधनारायण यादवलगायतलाई विशेष सम्मान दिने निर्णय गरेको छ ।

विनय यादव

विशेष