News

बुढा भन्नेहरुप्रति ओलीको आक्रोशः म्याराथनको निम्तो दिऊँजस्तो लाग्छ

बुढा भन्नेहरुप्रति ओलीको आक्रोशः म्याराथनको निम्तो दिऊँजस्तो लाग्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुलाई बुढा भन्नेहरुप्रति क्रुद्ध वनेका छन्। उनले वुढा भन्नेहरुसँग प्रतिस्पर्धा गर्न तयार रहेको आसयमा आक्रोश ब्यक्त गरे।

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूलाई बुढा भन्नेहरूलाई म्याराथनको निम्तो दिऊँजस्तो लाग्ने गरेको वताए। 

‘बुढा भनेर आक्रमण गरेको ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो’ उनले भने, ‘त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ। आउन त दौडिहेरौं एक फेर भन्न मन लाग्छ।’

उनले पार्टीमा ७० वर्षे उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताए। ‘काम गरिरहेको मान्छे ७० पुग्यो भनेर कमिटीमा बस्न नपाउने भन्नु गलत हो। म जिन्दगीभर विरामी भएको, दुःख पाएको, जेलनेल भोगेको मान्छे त कसैले लल्का¥यो भने अहिले पनि भिड्न सक्छुजस्तो हुन्छ’ ओलीले भने–‘स्वस्थ रहेका मान्छेको ७० वर्ष भनेको त के उमेर हो र!’

एमालेले ७० वर्षे उमेरहदको प्रावधान अहिले निलम्बन गरेको छ। नेकपा एकीकृत समाजवादीबाट गएका मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउनका लागि निलम्बन गरिएको भने पनि ओली पहिले देखि नै यसको विपक्षमा छन्।
 

विशेष