News अपराध सुरक्षा

के हो विराटनरको भाईरल भिडियोको बास्तविक्ता ? यस्तो छ घट्ना विवरण

के हो विराटनरको भाईरल भिडियोको बास्तविक्ता ? यस्तो छ घट्ना विवरण

दुधफारमस्थित कोशी राजमार्गमा रङ साईडबाट बाटो काटेको झोकमा साईकल यात्रीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने विराटनगर– ४ ढाटका कृष्ण भेटुवालका छोरा आयुष भेटवाल विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

गत असार २० गते राती करिव साढे ८ वजे भएको यो घटनामा साइकल चालक विराटनगर– ६ का पवन साहलाई मुक्का हानेर लडाएपछि सडक छेउमा लगेर फ्याकिएको थियो। घट्नामा संलग्न भेटवाललाई प्रहरीले असार २१ गते पक्राउ गरी मुद्दा दर्ता गरेको छ।

साहलाई मुक्काले हानेर लडाएपछि उनले दुवै खुट्टा समातेर घिसार्दै सडक छेउमा लगेर फ्यालेको अमाविय घट्नाको घिडियो अहिले भाईरल भईरहेको छ। पक्राउ परेका भेटवालमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै १८ वर्षीय कुशल भेटवाल र तेह्रथुम स्थायी घर भएका ३० वर्षिय राकेश कार्की पनि सोही कारमा सवार थिए ।

भेटवालको आक्रमणबाट घाईते भएका साहको कोशी अस्पतालमा उपचार भएको छ। भिडियो अनुसार भेटवाल बा११च ३४१५ नम्बरको कारमा सवार थिए । कार गइरहेको विपरीत दिशाबाट साह साइकलमा आइरहेका देखिन्छन्।

कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् । कार साइडमा रोकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।

साह सडकमै ढल्छन्, आयुष सडकमा यताउता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेका छन्। कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइड लगाउँछन्, आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइड लगाएको देखिएको छ।

घट्नाको परिव १० घण्टापछि प्रहरीले भेटवाललाई घरबाट पक्राउ गरेको थियो। प्रहरीमा उजुरी दर्ता भएपछि भेटवालका आफन्तले साहलाई पैसाको प्रलोभन दिन थालेका छन्। उपचार खर्च ब्यहोर्ने देखि थप पैसा पनि दिन्छौं मुद्दा फिर्ता लेउ भन्दै आएको उनले वताएका छन्। ‘उनीहरूले उपचारमा जति खर्च लाग्छ दिन्छु, केही पैसा पनि दिन्छु तर, प्रहरीबाट उजुरी फिर्ता लेउ भनेको थियो’ साहले भने–‘तर मैले मानिन। कानुनी कारबाही हुनुपर्ने अडान राखेको छु।’

भेटवाल

विशेष