बजेट सक्न माटोमाथि ढलान, विरोध गर्नेलाई प्रहरी लगाएर धम्की

आर्थिक वर्ष समाप्त हुन लागेसँगै स्थानिय तहमा वजेट सक्ने हतारो पनि अचाक्ली वढेको छ।
आर्थिक वर्षभित्रै वजेट सक्नै पर्ने बाध्यताका कारण जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आँखामा छारो हाल्ने काम गरिरहेका छन्। यसको नमुना अहिले बाराको कलैया उपमहानगरपालिका–१६ स्थित मझौलियामा देखिएको छ।
मझौलियामा सडकको वजेट ईन्जिनियर, जनप्रतिनिधि र नेपाल प्रहरीको रोहवरमा माटोमाथि ढलान गरेर सकिएको छ। सोमवार र मंगलवार भएको यो काममा स्थानीयले अवरोध गरे। तर, वडा अध्यक्ष शेषनाथ साह तेली, ठेकेदार र प्रहरीले धम्की दिन थालेपछि स्थानीयवासी पछि हटेका छन्।
वडाध्यक्ष तेलीको रवाफका कारण पनि स्थानीयवासी पछि हट्न वाध्य भएको पाईएको छ। स्थानीयका अनुसार वडाध्यक्ष गाउँमा मिटरब्याजको धन्दा चलाउँछन्। अधिकांश स्थानीयवासीले जग्गा, गहना लगायत केही न केही धरौटी राखेर उनीसँग ऋण लिएका छन्।
स्थानीयको जग्गा आफना नातेदारका नाममा गरेका उनीसँग जोरी खोजे धरौटी वापतको जग्गा वा गहना गुमाउनु पर्ने डरले स्थानियवासी पछि हटेको जानकारहरु वताउँछन्। त्यसको फाईदा उठाएर मन लाग्दी काम गरिएको जनाईएको छ।