News

अभियन्ता सुनिता साहको छलाङः अभियान छोडेर महाअभियानमा प्रवेश

अभियन्ता सुनिता साहको छलाङः अभियान छोडेर महाअभियानमा प्रवेश

राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह ‘समतामूलक समाज निर्माण महाअभियान’ लागेकी छिन्। अभियानको सकृयतामा पूर्ण विराम लगाउँदै साहले महाअभियान रोजेकी हुन।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत उनी समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनले महाअभियानमा पनि उपाध्यक्षकै जिम्मेवारी पाएकी छिन्।

विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानको केन्द्रीय समिति सोमबार विघटन गरिएको थियो । अभियानले ६ महिना भित्र सम्मेलन गरेर औपचारिक समिती चयन गर्ने निर्णय गर्दै ३७ सदस्यीय आयोजक समिति समेत वनाएको छ। अभियानलाई पार्टीगत संरचनामा रुपान्तरण गर्न विधान तयारी गर्न उपसमिति समेत वनाईएको छ।

यता, अभियानको केन्द्रीय समिति विघटन भएसँगै आफू सो संस्थाबाट अलग भएको साहले बताएकी छिन्। दशकौंदेखि साह सामाजिक तथा राजनीतिक क्षेत्रमा सकृय छिन्। महाअभियानमार्फत् अब समाज र नागरिकका लागि झन् बढी सक्रिय भएर काम गर्ने उनको भनाई छ। 
 

सुनिता साह

विशेष