बालिका छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाय

आफ्नै छोरी बालात्कार गर्ने दैलेखका ५० वर्षीय एक ब्यक्तिलाई अदालतले ३३ वर्ष कैद सजाय सुनाएको छ। दैलेख जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले सोमवार सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा यस्तो सजाय सुनाएको हो।
गत चैत १ गते बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि उनी पक्राउ परेका थिए। अदालतले बलात्कारको कसुर पुष्टि गर्दै हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर ३३ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।
उनलाई ३ लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा समेत फैसला भएको छ। दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा मात्रै १५ देखि १७ वर्षका ४ बालिका बाबुबाटै बलात्कृत भएका घट्ना अदालत पुगेका छन् ।