News

पल शाहको आक्रोशः बलात्कारी भनेर निधारमा लेखौं की रत्नपार्कमा आत्मदाह गरौं ?

पल शाहको आक्रोशः बलात्कारी भनेर निधारमा लेखौं की रत्नपार्कमा आत्मदाह गरौं ?

अन्तरबार्ताको विषलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेपछि अभिनेता पल शाहले असन्तुष्टि ब्यक्त गरेका छन्। अदालतले सफाई दिईसकेपछि पनि ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति उनले असन्तुष्टि जनाएका हुन्।

कान्तिपुर टेलिभिजनको अन्तर्वार्तालाई लिएर उनको बारेमा विभिन्न टिप्पणी भईरहेको छ। यही विषयमा उनले आफूले देशको कानुन मानेर अदालतबाटै ‘सफाइ’ पाइसकेपछि पनि आरोपहरू खेपिरहेको भन्दै गुनासो गरे।

‘मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ?’ सोमबार राति उनले फेसबुकमा लेखेका छन्–‘कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?’

उनले अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् । ‘मलाई पल शाह बनाएको तपाईँहरूले हो । यस कारण म प्रश्न पनि तपाईँहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ?’ उनले लेखेका छन्–‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

पलले सञ्चालक सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट्स द फ्लप’ मा अन्तरवार्ता दिदै हिरासतको अनुभव सुनाएका थिए। प्रहरी हिरासत होस् या कारागारको एक वर्षको बसाइबारे अनुभव सुनाउँदा पल गम्भीर देखिएका थिएनन्।

नाबालिग बलात्कार जस्तो गम्भीर अभियोगमा जेल पर्दाको अनुभव सुन्दै कलाकार समेत रहेका सन्दीप क्षेत्रीले लिएको मजा निकै लाजमर्दो देखिएको थियो। त्यही कार्यक्रममा पलबाट पीडित भनिएकी तत्कालीन नाबालिगको पनि अन्तर्वार्ता आएको थियो। अन्तर्वार्तामा उनी आफ्नो दाइले वैदेशिक रोजगारीमा कमाएको पैसाले घरको तला थप्दा पनि समाजले बाल यौन दुरुपयोगमा तोकेको १० लाख क्षतिपूर्तिले बनाएको भनेर खिस्याएको भन्दै भावुक बनेकी थिईन। 
 

पल शाह

विशेष