News

मेक्सिकन यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

मेक्सिकन यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

मंगलबार बिहान सोलुखुम्वुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको छ। 

लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनामा परेको हेलिकप्टर ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको थियो। सोहीक्रममा सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ । 

बिहान १० बजेर १२ मिनेटपछि हेलीकप्टर सम्पर्कविहीन भएको थियो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।

विशेष