News

दुर्गा प्रसाईंलाई ‘३० करोड दिनु, नत्र कात्रो तयार राख्नु’ भन्दै धम्क्याउने गुरुङ पक्राउ

दुर्गा प्रसाईंलाई ‘३० करोड दिनु, नत्र कात्रो तयार राख्नु’ भन्दै धम्क्याउने गुरुङ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २० करोड माग्दै धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई सीआईबीको टोलीले मंगलबार बिहान महाराजगन्जबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि दुवईमा रहेका गुरुङ दुई वर्षअघि फर्किएका हुन् । उनी रक्सी खाएको आरोपमा त्यहाँ सात महिना जेल बसेका थिए । नेपाल आएपछि आर्थिक अभाव भोगेका गुरुङले प्रसाईंसँग पैसा ठग्ने उपाय सोचेका थिए।

गुरुङले प्रसाईंलाई फोन गरेर ‘३० करोड दिनु नत्र कात्रो तयार राख्नु’ भन्दै धम्की दिएका थिए । प्रहरी भन्छ, ‘सुरुमा ३० करोड रुपैयाँबाट सुरु भएको बार्गेनिङ ६ करोड हुँदै अन्तिममा ५ करोडमा टुङ्गिएको थियो ।’

पैसा लिनका लागि गुरुङले फोन गरेर कतार भिसा सेन्टर अगाडि बोलाएका थिए । यो जानकारीपछि सीआईबीको टोली पहिले नै त्यहाँ पुगेर वसेको थियो। उदी आफै पठाओ चढेर त्यहाँ पुगेपछि प्रहरीले पक्राउ गरेको थियो। 

दुर्गा प्रसाई

विशेष