News

कपिलवस्तुमा एकै दिन सर्पले डसेर दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तुमा एकै दिन सर्पले डसेर दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तुमा एकै दिन सर्पले डसेर दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । दाजुभाईलाई एउटै सर्पले डसेको हो।

बुद्धभूमि नगरपालिका १, कपासीमा सोमबार राति हजुरआमासँग भुइँमा सुतेका १२ वर्षीय दिपक भुसाल र ९ वर्षीय प्रदीप भुसाललाई सर्पले डसेको थियो। दुवै जना बिहान अचेत अवस्थामा भेटिएका थिए ।

दुवै जनालाई उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगिएको थियो। पोलिक्लिनिकबाट थप उपचारका लागि बुटवल लैजाँदै गर्दा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, सोही नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डसेर मृत्यु भएको छ भने महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा मृत्यु भएको छ ।

दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। तर, पुर्याउन ढिलो भएका कारण मृत्यु भएको प्रहरीको भनाई छ। 
 

सर्प

विशेष