News

प्रधानमन्त्री पत्नि सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीको समवेदना

प्रधानमन्त्री पत्नि सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले ट्विटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन् । 

मोदीले नेपालीमै गरेको ट्वीटमा सीता दाहालको निधनको खबरले मर्माहत भएको बताएका छन् । ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’– उनले लेखेका छन्।

प्रधानमन्त्री दाहालपत्नी सीताको बुधबार बिहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । सीता हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रधानमन्त्री दाहाल र उनका दुई छोरीहरू रेणु र गंगाले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिए। दिवंगत दाहाललाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

श्रद्धाञ्जली अर्पण गर्नका लागि दाहालका आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरू बुधबार दिउँसो पेरिसडाँडामा पुगेका थिए । साथै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए । 

विशेष