News

ललिता निवास प्रकरणमा पक्राउ परेका पूर्वडिजी कांग्रेस सभाषदसँग लिभिङटुगेदरमा

ललिता निवास प्रकरणमा पक्राउ परेका पूर्वडिजी कांग्रेस सभाषदसँग लिभिङटुगेदरमा

ललिता निवास जग्गा प्रकरणमा मंगलबार साँझ ७ वजेतिर पक्राउ परेका भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रबहादुर श्रेष्ठ नेपाली कांग्रेसकी तत्कालिन सभाषदसँग लिभिङटुगेदरमा वस्दै आएको खुलेको छ।

एक वर्षदेखि चावहिल मैजुबहालमा डेरामा बस्दै आएका श्रेष्ठको मैजुबहालमा पाँचतले घर बनिरहेको छ। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाबिक गर्ने नाममा सुवर्ण शमशेरका हकदारको नाममा दर्ता गर्ने निर्णय हुँदा श्रेष्ठ विभागको महानिर्देशक थिए।

उनीमाथि अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो। १३ करोड २३ लाख बिगो माग भएको मुद्दामा उनी धरौटीमा रिहा भएका थिए। किर्तेको अनुसन्धान ब्यूरोले सुरु गरेपछि उनी पनि जोडिएका थिए। 

उनको परिवारका अधिकांश सदस्य अमेरिकामा छन्। बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रहरीको आरोप छ । 
 

ललिता निवास

विशेष