तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेपछि सतर्क रहन आग्रह

तिनाउ नदीमा वाढी वढ्दै जाँदा जलसतहले खतरा तह पार गरेको छ । बाढी बढ्ने क्रम रोकिएको छैन।
तिनाउ जलाधारमा वर्षा भइरहेकाले बाढी वढ्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।