News अपराध सुरक्षा

जव प्रहरी जवानलाई नै बाँधेर १२ घण्टासम्म यातना दिईयो...

जव प्रहरी जवानलाई नै बाँधेर १२ घण्टासम्म यातना दिईयो...

सिरहामा एक प्रहरी जवान नै प्रहरीको गैरकानुनी यातनाको शिकार भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिका–८, फुलहट्टा घर भई जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर कुटपिट गरी यातना दिइएको हो।

डिउटी धेरै भएको भन्दै गुनासो गर्न गएका रायलाई गत मंगलवार इन्स्पेक्टर हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ । राईले उनलाई १२ घण्टासम्म पाता कसेर यातना दिएको खुलेको छ।

पीडितका भाइ रजनिसका अनुसार गुनासो गर्न जाँदा राईले उनलाई उल्टै झपारेका थिए। त्यसपछि दुवैबीच भनाभन भएको थियो। इन्स्पेक्टर राईले आवेशमा आएर वुटै बुटले हिर्काएका थिए। त्यसपछि खम्बामा वाँधेर कुटपिट गरेको र यो क्रममा १२÷१३ घण्टासम्म निरन्तर चलेको रजनिसले वताए।

दाईमाथि भएको अमानविय ब्यवहारको भिडियो प्रमाण रहेकाले उजुरी दिने तयारी गरेको उनको भनाई छ। जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्टमा उनले मादक पदार्थ सेवन नगरेको देखिएको छ। 

विशेष