धर्म परिवर्तन गराउने शिविर वन्द गर्न धनुषाका सीडीओको ध्यानाकर्षण

राष्ट्रिय एकता अभियानमा आवद्ध युवाहरुको समुहले आज धनुषाका सीडीओलाई ज्ञापन पत्र वुझाउँदै गैरकानुनी धर्म परिवर्तन रोक्न ध्यानाकर्षण गराएको छ।
बहुसंख्यक हिन्दू जनसंख्या भएको देशमा ईसाई मिसनरीहरूद्वारा पैसा र प्रलोभन देखाएर धर्मपरिवर्तनका घट्ना वढि रहेकोले त्यसलाई रोक्न ज्ञापन पत्रमा माग गरिएको छ।
नेपालको संविधान र कानुनको ठाडो उल्लङ्घन गर्दै धनुषाका गाउँ֪गाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भईरहेको उल्लेख गर्दै यस्ता कृयाकलाप हिन्दु समुदायको अधिकार विपरित भएको ज्ञापन पत्रमा जनाईएको छ।
यसरी गैरकानूनी रुपमा भईरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू बन्द गर्न आग्रह गर्दै अन्यथा त्यस्ता शिविरहरू रोक्नका उपयुक्त कदम चालिने चेतावनी समेत दिईएको छ।