पाकिस्तानमा छ यस्तो परिवारः आमाबुबा र ७ सन्तान एकै दिन जन्मिए !
पाकिस्तानमा एउटा अचम्मको परिवार छ। जुन परिवारमा बुबाआमा र ७ जना सन्तान छन्। अचम्म लाग्दो विषय चाही उनीहरु सवैको जन्म एउटै दिनमा भएको छ। गिनिज वर्ल्ड रेकर्ड आफैँले यो परिवारबारे जानकारी दिएको हो ।
यो परिवारका ९ सदस्यको जन्मदिन एकै दिन हो। उनीहरु सवै जना १ अगस्टमा जन्मिएका थिए । गिनिज वर्ल्ड रेकर्डका अनुसार परिवारमा आमिर अली, उनकी श्रीमती खुदेजा र सात सन्तान छन्।
७ मध्ये ससुई र सपना जुम्ल्याहा छोरी हुन् । यसैगरी आमिर–अब्बर र अम्मार–अहमर पनि जुम्ल्याहा छोरी हुन् । यसबाहेक सिन्धु नामकी अर्की एउटी छोरी छिन् । यी सबैको उमेर १९ लेखि ३० बीचमा छ ।
आमिर र खुदेजाका लागि यो दिन अझै विशेष छ, किनभने १ अगस्ट उनीहरूको विवाह भएको दिन पनि हो। उनीहरुले आफ्ना जेठी छोरी जन्मिनु ठिक एक वर्ष अघि सन् १९९१ मा आफ्नो जन्मदिनमा विवाह गरेका थिए ।
१ अगस्ट सन् १९९२ मा सिन्धुको जन्म भयो । सिन्धु उनकी जेठी छोरी हुन् । छोरीको अगस्ट १ तारिखमा नै जन्म हुँदा यी दुई अचम्मित र असाध्यै खुसी थिए । त्यसपछि खुदेजाका सबै सन्तान १ अगस्टमा नै जन्मिए । यो जोडीले यसलाई ईश्वरको उपहार बताएको छ ।
रिपोर्टका अनुसार सबै बच्चाको नर्मल डेलिभरी भएको थियो । कुनै पनि परिवारमा यस्तो संयोग अहिलेसम्म देखिएको छैन। अमेरिकाको कमिन्स परिवारमा पाँच सन्तान एकै दिन जन्मेको रेकर्ड भने थियो। जसको जन्म सन् १९५२ र १९६६ बीच २० फेब्रुअरीमा भएको थियो ।