News विदेश

गुडिरहेको बसमा अचानक आगो लाग्दा जलेर २५ जनाको मृत्यु

गुडिरहेको बसमा अचानक आगो लाग्दा जलेर २५ जनाको मृत्यु

भारतको मुंबई–नागपुर एक्सप्रेस वे (समृद्धि राजमार्ग) भएर नागपुरबाट पुणे जाँदै गरेको यात्रुबसमा आगो लाग्दा २५ जना यात्रुको मृत्यु भएको छ।

शनिबार गुडिरहेको बसमा अचानक आगो लाग्दा २५ जनाको मृत्यु भएको हो। आगो तिव्र गतिमा सल्किएकोले बसमा सवार धेरै यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ।

महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। घटना हुँदा धेरै यात्रु निदाइरहेको र सोही अवस्थामा जलेर कतिपयको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सवार ८ जना यात्रु भने बच्न सफल भएका छन्। गुडिरहेको बसको टायर अचानक पड्किएपछि बस एक खम्बामा गएर ठोक्किएको थियो। त्यसपछि पुलमा गएर बज्रिएको बसको डिजेल ट्यांकी फुटेर आगो लागेको जनाईएको छ।

घटनापछि कतिपय यात्रु बसको सिसा फुटाएर बाहिर निस्किएका थिए। मृतकको अहिलेसम्म सनाखत भएको छैन। दुर्घटनामा घाइते भएकाहरुको बुलढाणास्थित सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

विशेष