News

आरजुको निजी घर मर्मत गर्न प्रदेश सरकारको १० लाख, यस्तो छ सरकारको विज्ञप्ति

आरजुको निजी घर मर्मत गर्न प्रदेश सरकारको १० लाख, यस्तो छ सरकारको विज्ञप्ति

कांग्रेस सांसद एवम सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणाले धनगढीस्थित आफनो निजी घर मर्मतका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ लिएको विषय अहिले चर्चामा छ।

स्थानीय मिडियाले आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको आशयका समाचार आएको थियो। आरजुले ०७४ सालको संघीय निर्वाचनमा टुरिस्ट उम्मेदवारको आरोप लागेपछि कैलालीको धनगढीमा घर खरिद गरेकी थिइन् ।

सोही घर मर्मतका लागि उनले पैसा लिएको भन्दै आलोचना भईरहेको छ। तर, सुदूरपश्चिम सरकारले भने मिडियामा आएका समाचारलाई झुठो भनेको छ।

तिव्र आलोचनापछि प्रदेशको भौतिक पूर्वाधार तथा आवास मन्त्रायले बुधबार जारी गरेको विज्ञप्तिमा आर्थिक २०८०।८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको आवास भवन मर्मत तथा रंगरोगन गन बजेट छुट्याएपनि आरजुको घर मर्मतका लागि वजेट विनियोजन नगरिएको उल्लेख छ । 

मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएकाले उक्त बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको उल्लेख छ। 

आरजु राणा

विशेष