चन्द्रयान–३ प्रक्षेपणको तयारी गर्दै भारत, अन्तरिक्ष दौडमा चौथो हुने होड

भारतले चन्द्रयान–३ को प्रक्षेपण गर्ने तयारी गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यो प्रक्षेपण आन्ध्र प्रदेशको सतिस धवन स्पेश सेन्टर, श्रीहरिकोटा स्पेसपोर्टबाट गर्ने तयारी गरेको छ।
जुलाई १४ का दिन स्थानीय समयअनुसार २ वजेर ३५ मिनेटमा प्रक्षेपण गरिने चन्द्रयान–३ ले ४६ देखि ४८ दिनमा चन्द्रमासम्मको यात्रा गर्ने अनुमान गरिएको छ। पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किलोमिटर छ । यो पार गरेर चन्द्रयान–३ ले अगस्ट २३ मा चन्द्रमामा अवतरण गर्ने अनुमान छ।
कुल भार ३९०० किलोग्रामको रहेको चन्द्रयान–३ अभियानमा कुल ७ अर्ब भन्दा रुपैयाँ बढी लागत लाग्ने जनाईएको छ।
सन् २००३ मा प्रधानमन्त्री अटलबिहारी बाजपेयीले सन् २००८ भित्र चन्द्रयान–१ प्रक्षेपण गर्ने घोषणा गरेका थिए । अक्टोबर २२ सन् २००८मा यसको प्रक्षेपण गरिएको थियो । चन्द्रयान–१ ले ३४०० पटक चन्द्रमाको परिक्रमा गरी सूचना पठाउने गर्दथ्यो । यो यान सन् २९ अगस्ट २००९ देखि सम्पर्कविहीन भएको छ।
यसैगरी भारत र रुसको संयुक्त अभियानका रुपमा चन्द्रयान–२ प्रक्षेपण गरिएको थियो। ६ सेप्टेम्बर २०१९ मा प्रक्षेपण गरिएको यो यान अहिले पनि चन्द्रमाको अक्षमै छ । यसले करिब ८ वर्ष काम गर्ने अपेक्षा गरिएको छ ।
चन्द्रयान ३ विक्रम क्र्यासको विकसित रुप हो। सन् २०१९ को सेप्टेम्बर ७ तारिख राती विक्रम चन्द्रमाको सतहमा अवतरण हुन लागेका वेला क्र्यास भएको थियो। करिब ११ वर्षको मेहनतले बनेको विक्रम ४७ दिनको यात्रा तय गरेपछि दूर्घटनाग्रस्त भएको थियो । विक्रम क्र्यास भएको दृष्यले इसरो प्रमुख के. सिभन रोएका थिए प्रधानमन्त्री मोदीले उनलाई ढढास दिने प्रयत्न गरेका थिए ।
चन्द्रयान–३ त्यही अधुरो योजनाको प्रतिफल हो । चन्द्रयान–३ चन्द्रमामा अवतरण हुन सफल भएका यस कार्यमा सफलता पाउने भारत अमेरिका, रुस र चीनपछिको चौथो देश हुनेछ ।
चन्द्रयान–३