News

भुवन केसीसँगको १० करोडको मुद्दा जितेपछि भक्कानिईन साम्राज्ञी शाह 

भुवन केसीसँगको १० करोडको मुद्दा जितेपछि भक्कानिईन साम्राज्ञी शाह 

भुवन केसीले १० करोडको क्षतिपूर्ति माग्दै दायर गरेको मुद्दा जितेपछि नायिका साम्राज्ञी आरएल राणा भक्कानिएकी छिन्। 

उनले इन्टाग्राममा पोष्ट गरेको भिडियोमा उनी भक्कानिएको देखिन्छ। उनले फिल्म क्षेत्रमा आफूले गरेको अनुभव सुनाउँदा भुवन केसीले १० करोड क्षतिपूर्ति माग्दै मुद्दा हालेका थिए। सोही मुद्दाको फैसला तीन वर्षपछि आएको हो।

‘मैले फिल्म क्षेत्रको मेरो यात्रा सुनाएको थिएँ । म कस्तो अवस्थाबाट गुज्रिए भन्ने कुरालाई पनि सुनाएकी थिएँ । हामी हाम्रो सपना साकार गर्न सक्छौँ तर तपाईँ सजग हुनुपर्छ’ उनले भनेकी छिन’ उनले भनेकी छिन्–‘ममाथि १० करोडको मुद्दा लाग्यो। त्यो व्यक्तिले आफ्नो शक्ति र फिल्म क्षेत्रबाट पाएको साथ÷सहयोग प्रदर्शन गर्यो । ममाथि १० करोडको मुद्दा लगाएर मैमाथि बुलिङ भयो।’

उनले अब च्याप्टर क्लोज भएको र जीवनको नयाँ कोर्स थालनी गर्ने बताइन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलको इजलासले बुधबार साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली–बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको थियो। साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली–बेइज्जती मुद्दा हालेका थिए।

साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए।

साम्राज्ञी शाह

विशेष