News खेल

किन फेरियो मुलपानी क्रिकेट मैदानको नाम ?

किन फेरियो मुलपानी क्रिकेट मैदानको नाम ?

नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने भएको छ। उक्त क्रिकेट मैदानको नाम जयकुमार साह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिने क्यानले निर्णय गरेको हो। 

क्यानको असार १५ गते बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो। अजयकुमार साह क्यानका संस्थापक तथा पूर्वअध्यक्ष हन्। उनकै सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम राखिएको हो। 

मूलपानीको माथिल्लो मैदान २०६३ सालमा निर्माण सुरु भएको हो । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले १ करोड रुपैयाँ दिएपछि यो क्रिकेट मैदान निर्माणको काम सुरु भएको थियो ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर क्यानले मैदान निर्माण प्रक्रिया थालेको थियो। २०६४ सालमा मूलपानीमा त्यो मैदानका लागि सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गर्यो ।

सरकारी बजेट परेपछि क्यान आफैंले मैदानको स्तरोन्नत्ति, विकेट निर्माण र पश्चिमतर्फ दुईतल्ले सुविधासम्पन्न पेविलियन भवलको निर्णण गरेको हो । सरकारले दिएको ४ करोडमध्ये मूलपानीका लागि ३ करोड खर्च भएको र १ करोड रुपैयाँ रुपन्देहीको भैरहवामा सिद्धार्थ क्रिकेट रंगशाला निर्माणको थालनी गरिएको थियो।

मैदान स्तरोन्नत्ति सकिएपछि पाकिस्तान क्रिकेट बोर्डसँगको समन्वयमा क्युरेटर बोलाएर स्तरीय पीच निर्माण गरिएको हो । पाकिस्तानी क्युरेटरको सम्पूर्ण खर्च पाकिस्तान क्रिकेट बोर्डले नै ब्यहोरेको थियो । त्यसयता घरेलुस्तरमा राष्ट्रिय र स्थानीय क्रिकेट प्रतियोगिताहरु नियमित आयोजना हुँदै आएका छन् ।

एक दिवशीय राष्ट्रिय प्रतियोगिता गर्दा क्यानले हरेकपल्ट मूलपानी मैदानलाई त्रिवि मैदानपछिको बैकल्पिक मैदानका रुपमा प्रयोग गर्दै आएको छ । 

मुलपानी क्रिकेट मैदान

विशेष