News

नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई बयान फेर्न दवाव दिएको खुलासा

नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई बयान फेर्न दवाव दिएको खुलासा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई बयान फेर्न दवाव दिईएको खुलासा भएको छ। ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ले यस्तो खुलासा गरेको हो।

अभियानले रिजालका वकिल रामकुमार सुवाललाई उध्रित गर्दै दिएको जानकारी अनुसार भीआईपी अभियुक्त टोपबहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका छन्। अभियानका संयोजक राम कार्कीले बिहीबार एक विज्ञप्ति जारी गर्दै रिजालले दिएको बयानका कारण कतिपय अभियुक्तहरु समस्यामा परेकाले बयान फेर्न दबाब पनि आइरहेको दाबी गरेको छ।  

‘भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलका बन्दीहरूबाट अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रिजालका वकिल रामकुमार सुवालका अनुसार भीआईपी अभियुक्त टोपबहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका छन्।’

विज्ञप्तिमा रिजाललाई सुरक्षा थ्रेटका साथै स्वास्थ्यसम्बन्धी समस्या समेत भएकोले तत्काल रिहा गर्न पनि माग गरिएको छ। रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम लिएका इन्द्रजीत राईसँगै राखेकाले सुरक्षा थ्रेट रहेको जनाईएको छ।

सुरक्षा चिन्ताकै कारण रिजालमा मनोवैज्ञानिक तनाव देखिएको विज्ञप्तिमा भनिएको छ।

भुटानी शरणार्थी

विशेष