पत्नि मर्दा प्रचण्डले काजक्रिया गरेनन्, नुन पनि बारेनन्
सीताको निधनपछि मन्त्रीपरिषदमा वैठकको अध्यक्षता, राजकिय सम्मान दिने निर्णय

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नि सीता दाहालको बुधवार निधन भयो। हिन्दु परम्पार अनुसार सोही दिन पशुपति आर्यघाटमा लगेर उनको दाहसंस्कार गरियो।
प्रधानमन्त्री दाहाल र उनका छोरीहरु रेनु र गंगाले संयुक्त रुपमा सीतालाई दागवत्ति दिए। दाहसंस्कार विधि चल्दै गर्दा दाहालले अह्राए अनुसारका सवै विधि र प्रकृया पुरा गरेका थिए।
तर, सीताको धार्मिक परम्परा अनुसार ‘काजकिरिया’ भने भएन। प्रधानमन्त्रीको परिवार सरकारी निवास बालुवाटारमरा शोक बारेर त वसेको छ। तर, परम्परागत रुपमा १३ दिने काजक्रिया गरिएको छैन।
कसैले नुन पनि नवारेको जनाईएको छ। बुधवार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरेर फर्किएपछि पारिवारिक छलफलपश्चात् धार्मिक वा सांस्कृतिक रूपमा अघि नबढ्ने निर्णयमा आफूहरू पुगेको दाहालका भाई नारायण दाहालले बताए।
यसअघि पनि अध्यक्ष दाहालका छोरा प्रकाशको निधन हुँदा पनि काजकिरिया गरिएको थिएन।
६९ वर्षकी सीताको बुधवार काठमाण्डौंस्थित नर्भिक अस्पतालमा निधन भएको उनको थियो। उनलाई हृदयाघात भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट ग्रसित थिइन्।
बुधवार पत्नी सीताको मृत्यु भएपछि दाहालले प्रधानमन्त्रीका रूपमा मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै सीता दाहालको अन्तिम संस्कारका समयमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गराएका थिए।