News

दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते, रुखमा अड्किएर त्रिसुलीमा खस्नबाट जोगियो

दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते, रुखमा अड्किएर त्रिसुलीमा खस्नबाट जोगियो

चितवनको भरतपुर महानगरपालिका–२९, दासढुंगामा यात्रु बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने यस ठाउँमा विहान करिव साढे ५ वजे वस दुर्घटनामा परेको हो।

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। बसमा ४० जना यात्रु थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पुर्याईको छ। बसका चालक पनि घाइते भएका छन। बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । 

विशेष