News

अर्थतन्त्र सुधारको मार्गचित्र बन्न सक्छ साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ 

अर्थतन्त्र सुधारको मार्गचित्र बन्न सक्छ साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ 

युवा लेखक, अध्येता, शोधार्थी एवम अन्वेषक जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ बजारमा आएको छ। अर्थतन्त्र तथा राजनैतिक समस्या समाधान गर्ने मार्गचित्रका रुपमा लिईएको यो पुस्तक पूर्व सभामुख दमननाथ ढुंगाना र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विमोचन गरेका हुन।

‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टू इन्ड कलियुग’ अर्थसाश्त्रको किताब हो। राजनीति अर्थतनन्त्रको मेरुदण्ड भएकाले यो पुस्तकका माध्यमबाट अर्थतन्त्र तथा राजनैतिक समस्या समाधान हुने विश्वास गरिएको छ।

अमेरिका वस्दै आएका साह पुस्तक विमोचनकै लागि नेपाल आएका छन्। उनको पुस्तक अनुसार  मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट सुरु भएको हो। फिरन्ते संस्कृतिबाट मानव जिवन कृषि युगमा प्रवेश गर्यो। खेतीपातीका लागि निश्चित ठाउँ र समूहमा बस्नुपर्ने भएका कारण परिवारको विकास भयो। परिवारको विकासपछि समाज र समाजपछि राष्ट्र निर्माण हुँदै गयो।

हिन्दु सभ्यताअनुसार चार युगमध्ये हामी कलियुगमा बाँचिरहेका छौँ। जसमा विभिन्न समस्या, विचलन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ। सामाजिक अन्तर्घुलन र सद्भाव विखण्डन हुँदै गएको छ। यसको प्रमुख कारण जातीय प्रथा पनि हो। लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको सुरुवात भएको देखिन्छ।

यो ब्यवस्था सन्सारमा उन्मूलन भइसके पनि हाम्रो जस्तो समाज र सभ्यता भएका केही मुलुकमा जातियताकै कारण समाजमा द्वन्द्व छ। यस्ता विकृति निराकरणका लागि ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टू इन्ड कलियुग’ पुस्तक आमपाठकका लागि ल्याईएको लेखकले वताएका छन्।

धार्मिक विवादलगायत महिलाविरुद्ध हिंसा, पैसासँग सम्बन्धि अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपको समाजलाई धेरै गिजोलेको साह बताउँछन्। लिखित पुस्तकले सामाजिक विकृति उठान गरी विश्लेषणको आधार बनाएको छ।

समाजमा देखिएका यावत समस्या निम्तनुमा राजनीतिदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ। यसले समाजलाई झन् बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यलाई अस्वीकार गर्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्ष लेखकको छ। 

द कल्किस्ट मेनिफेस्टो जय साह

विशेष