News

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेट्ने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेट्ने

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनले आजै उच्चस्तरीय भेटघाट गर्ने जनाईएको छ।

लुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने र त्यसपछि अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।

नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ । लुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

विशेष