तोषिमाका पीएले वुझ्छन दोहोरा सुविधाः चाकडी गरेर सदभावना दुतको नियुक्ति
प्रधानमन्त्री पुष्पकमल दाहालप्रति असंवेदनशिल अभिब्यक्ति दिएको आरोप लागेकी सांसद तोसिमा कार्कीका पीए श्रीकान्त रानाले राज्यकोषबाट दोहोरो सुविधा लिईरहेको खुलेको छ।
बैतडी स्थायी घर भएका रानाले डिलासैनी गाउँपालिकामा राजीतिक नियुक्ति लिएर त्यहाँ पनि ४÷५ महिनादेखि सुविधा लिईरहेको जनाईएको छ।
डिलासैनीमा उनले सद्भावना दूत एवं स्वयंसेवकको नियुक्ति पाएका छन्। गाउँ कार्यपालिकाबाट कार्यविधि नै बनाएर उनीलाई नियुक्ति दिइएको जनाईएको छ। जनप्रतिनिधिको ‘चाकडी’ र सांसदको रवाफमा रानाले गाउँपालिकामा नियुक्ति लिएको आरोप छ।
दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यो विषयलाई स्वाभाविक लिनुपर्ने बताए।
समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि रानासहित ४ जनालाई नियुक्ती दिईएको जोशीको भनाई छ।
रानाले काठमाडौंमै बसेर मासिक १५ हजार बुझिरहेको जनाईएको छ। उनको यो कार्यको गाउँपालिकाकै कर्मचारीले पनि विरोध गरेका छन्।