News अपराध सुरक्षा

दुई वर्षिय नाति कुटेर मार्ने हजुरबा पक्राउ

दुई वर्षिय नाति कुटेर मार्ने हजुरबा पक्राउ

आफ्नै २ वर्षिय नातिको हत्या गरेको आरोपमा ५० वर्षिय हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका गणेश साउदलाई प्रहरीले पक्राउ गरेको हो। 

नाति रेशम साउदको हत्या रेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गणेशले रेशम र अर्का ८ वर्षीय नातिसमेत २ बालकलाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो।

रेशमको उपचारकै क्रममा मृत्यु भएको र घाइते रिजनलाई थप उपचारका लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ। गणेशलाई इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट टोल्यामोडबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

विशेष