News

छोरीको परिक्षा आफै लेखिदिने लोकसेवाका अधिकृत भ्रष्टाचारी ठहर

छोरीको परिक्षा आफै लेखिदिने लोकसेवाका अधिकृत भ्रष्टाचारी ठहर

लोक सेवा आयोगको परीक्षा पास गराउन छोरीको उत्तरपुस्तिका सच्याउने लोक सेवा आयोगका अधिकृत मिनवहादुर शाही भ्रष्टाचारी ठहर भएका छन्। पुस्तिकामा आफैं उत्तर लेख्ने शाहीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतले गत मंगलबार शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफ्नो छोरीका लागि उनले गरेको कार्य अक्षम्य भएको निचोड निकालेको छ।

निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ।

नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएको भेटिएको थियो।

लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए। 
 

विशेष