‘युवतीको प्राइभेट पार्टसमा १० सेकेन्ड छोएको अपराध होइन’ भन्दै आरोपीलाई सफाई
इटालीको एउटा अदालतले ‘युवतीको प्राइभेट पार्टस्मा १० सेकेन्ड छोएको अपराध होइन’ भन्दै यौन हिंसाका आरोपीलाई सफाई दिएपछि सामाजिक संचाल तातेको छ। स्थानीयले त्यो निर्णयको आलोचना गरिरहेका छन्।
१७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका चौकीदारलाई ‘पाँच देखि दश सेकेन्डसम्म मात्रै छोएको’ भन्दै सफाइ दिएपछि राजधानी रोमसहित अन्य धेरै सहरका मानिसहरुले विरोध गरिरहेका छन् ।
टिकटक र अन्य सोसल मिडिया प्लेटफर्महरूमा १० सेकेन्डसम्म किशोरीको प्राइभेट पार्ट्स छोएको भेडियो सार्वजनिक भईरहेका छन्। आन्दोलनकारीको तर्क छ, ‘यसको पछाडिको उदेश्य भनेको अपराध हो, कसैलाई गलत नियतले छुनु अपराध हो, यसमा समय सीमा छैन, हुनुहुँदैन ।’
पीडित किशोरीका अनुसार रोम हाईस्कूलमा साथीसँग सिँढी चढ्ने क्रममा चौकीदारले उनको भित्री लुगा तान्ने प्रयास गरेका थिए । यो मुद्दा गत वर्ष अप्रिल २०२२ मा बाहिर आएको थियो। सोही क्रममा अभियुक्तले बालिकालाई आफूले छोएको स्वीकार गरे पनि घटनालाई ठट्टा मात्र भएको अदालतसमक्ष दाबी गरेका थिए ।
तर, सोही विषयलाई ठट्टा भन्दै अदालतले पीडकलाई छाडि दिए पछि अदालतको फैसलाको विरुद्धमा ठूलो प्रदर्शन भएको हो । इटालीका सबै सेलिब्रेटीले पनि छात्राको पक्षमा भिडियो पोस्ट गरिरहेका छन्।