गायक प्रकाश सपुतकी ‘फूलमाया’ले फेसबुकमा लेखिनः म मर्न चाहान्छु

गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले आफुलाई मर्न मन लागेको वताएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेर यस्तो वताएकी हुन।
उनले आफ्नो ड्रसका विषयमा समाचार नबनाउन आग्रह गर्दै ड्रेसका विषयमा टिप्पणी गरेर बनाइएका समाचारले आफु निकै पीडित भएको पनि उल्लेख गरेकी छिन्।
उनले आफूले लगाएको छोटा कपडासहितको तस्बिरसहित स्ट्याटस लेखेकी शर्माले आफुसँग सहन सक्ने क्षमता नभएकाले टिप्पणी नगरिदिन भनेकी छिन्।
‘कहिलेकाहीँ मलाई यस्तो महसुस हुन्छ कि म मर्न चाहन्छु। आत्महत्या होइन, खालि मर्न चाहन्छु। मलाई थाहा छैन किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु’, उनले लेखेकी छिन्– ‘प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला। नवागन्तुक मसँग सहन सक्ने क्षमता छैन।’