News

मोवाईलबाट करेन्ट लागेर एकजनाको मृत्यु

मोवाईलबाट करेन्ट लागेर एकजनाको मृत्यु

फोनबाट करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ।

गौरीगञ्ज गाउँपालिका १ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा उनलाई करेन्ट लागेको हो।

बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

विशेष