मेसीले २०२५ सम्मका लागि इन्टर मियामीसँ गरे सम्झौता
अर्जेन्टिनी स्टार लिओनल मेसी एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्धित भएका छन् । मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरे।
सात पटकको बाडोन डे’ओर विजेता ३६ वर्षीय मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका हुन । मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् ।
इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् । यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेल मेसीले खेल्नेछन्।
बार्सिलोनामा दुई दशक जिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे । मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।
इन्टर मियामीसँग अनुबन्धित भएपछि मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु’ उनले भने।