अव देखि पेट्रोलियम पदार्थको मुल्य भारतबाट आएका आधारमा

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्दैछ। भारतबाट मुल्य घटबढ भएर आएर नेपालमा पनि सोही अनुसार मूल्य समायोजन हुनेछ।
भारतबाट घटेर आए मूल्य घट्ने र बढेर आए मुल्य बढ्ने एक कर्मचारीले बताए। निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ।
स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् । भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम र ३ प्रतिशतसम्म नाफा जोड्नेछ ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।