News

निर्वाचन पर्यवेक्षणका लागि केपी ओली कम्बोडिया जाने

निर्वाचन पर्यवेक्षणका लागि केपी ओली कम्बोडिया जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया जाने भएका छन्। ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने जनाईएको छ।

ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाट पनि गर्ने जनाईएको छ। यस विषयमा उनले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई जानकारी गराएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले आफ्नो विदेश भ्रमणको तालिका जानकारी गराएपछि बैठकले ओलीलाई भ्रमणको सफलताको कामना गरेको छ।

प्रधानमन्त्री रहेका बेला ०७६ वैशाख ३० देखि जेठ १ सम्म पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए। 
 

विशेष