लिभिङ टुगेदरमा रहेकी नम्रता श्रेष्ठ सारुकको आत्महत्यापछि सम्पर्क विहिन
आत्महत्यासँग जोडिएका यी हुन विषयः गाँजा, सिलाजित, मदिरा र नम्रताको बलात्कार
अभिनेता सारुक ताम्रकारले असार २१ गते आत्महत्या गरेपछि अभिनेतृ नम्रता श्रेष्ठ सम्पर्क विहिन भएकी छिन्। २१ वर्षिय सारुकसँग लिभिङ टुगेरमा रहकी श्रेष्ठ अनुशन्धानको केन्द्रमा परेपछि सम्पर्क विहिन भएकी हुन।
बेलायती नागरिक एवम् चर्चित पर्वतारोही निर्मल पुर्जाको बुढानीलकण्ठस्थित साढे दुई तले सेतो घरमा नम्रतासँगै वस्दै आएका सारुकले रातोपुल स्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। बुढानिलकण्डको घर भने फिल्म ‘ह्यासट्याग मायाँ’ को निर्माण टिमले भाडामा लिएको थियो। यो घर साढे दुई वर्ष अगाडि मासिक डेढ लाख भाडा तिर्ने गरी लिएको थियो।
यो घरमा सारुक, नम्रता, रोय श्रेष्ठ र अन्य २ महिलासहित ५ जना नियमित वस्ने गरेको पाईएको छ। सारुक, नम्रता र रोयका छुट्टाछुट्टै कोठा छन् भने दुई महिला अर्को कोठामा वस्ने गरेको प्रहरीको अनुशन्धानले देखाएको छ।
सारुकले बस्न प्रयोग गरेको कोठामा आत्महत्यासँग जोडिएको केही विषय फेला नपरेपनि नम्रताको एक जोर हिल (चप्पल) र सिलाजित फेला परेको प्रहरीले जनाएको छ। यस वाहेक घरको बरन्डामा गाँजा बनाउन प्रयोग गरिने कागजको स्ट्रिप, गाँजाका डाँठहरू, चुरोटका ठुटा तथा मदिराका बोतलहरु प्रशस्त भेटिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार नम्रता आफै पनि गाँजाको अम्मली हुन।
आत्महत्या गर्नु पूर्व सारुक र नम्रताबीचको सम्बन्धमा दरार देखिएको पाईएको छ। खास गरी फिल्मको टिममा रोय श्रेष्ठको इन्ट्री भएपछि दुईबीचमा सम्वन्ध चिसिएको वताईएको छ। त्यसैले पछिल्लो समय सारुक बुढानिलकण्ड छोडेर रातोपुल स्थित आफनै घरमा वस्दै आएका थिए।
असार २० गतेसम्म पनि फिल्मको सुटिङ जारी थियो। बिहान चार बजेसम्म हात्तिगौंडामा सुटिङ भएको पाईएको छ। त्यो दिन फिल्ममा बालात्कारको सिन थियो। बलात्कारको सिनमा सारुकले निर्धारित समय भन्दा लामो समय लिएपछि त्यही दुवैका बीचमा भनाभन भएको थियो। यद्यपी उनीहरु बुढानिकण्ठको घरसम्म सँगै गएका थिए।
त्यहाँ पनि दुई विच खटपट भएको पाईएको छ। त्यसपछि सारुक घरमा नपसी रातोपुल स्थित आफनै घरमा पुगेको पाईएको छ।
यस वाहेक सारुक आत्महत्या प्रकरणमा जादु टुनाका विषय पनि जोडिएका छन्। ६ महिनाअघि नम्रताले फिल्म निर्देशक राजीव गुरुङ र सारुकलाई मध्यरातमा दोलालघाटको मसानघाट पुर्याएको, कालो बोका काटेर दुवैलाई कालो बुटी बाँधिदिएको र त्यहाँबाट फर्किएपछि राजिव र सारुकको ब्यवहारमै फरकपना आएको विषय पनि चर्चामा छन्।
सारुकका बुबा सानु ताम्राकारले पनि यो कुरालाई पुष्टि गरेका छन् । उनले आफूले केही समय पहिले छोरालाई सुनको सिक्री लगाउन दिएको तर आत्महत्याका बखत सिक्रिको ठाउँमा बुटी मात्र भेटेको बताए।
निर्देशक राजीव गुरुङले पनि नम्रताको भनाइमा लागेर दोलालघाट गएको स्वीकार गरे । ‘नम्रताले फाइनान्सियल्ली राम्रो हुन्छ’ भनेपछि आफुहरु कन्भिन्स भएको उनले वताएका छन्। सारुकको मृत्यु भएपछि आफुले त्यो बुटी खोलामा मिल्काएको उनले वताएका छन्।
यो पनि,
नम्रता श्रेष्ठ सारुक ताम्राकार