News

ओलीको युट्युव च्यानल ‘केपी बा’ मा ३० भिडियो, ७ हजार सब्सक्राईबर

ओलीको युट्युव च्यानल ‘केपी बा’ मा ३० भिडियो, ७ हजार सब्सक्राईबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको युट्युब च्यानल ‘केपी बा’ लाई करिव ७ हजारले सब्सक्राइब गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफनो च्यानल सब्सक्राइब गर्न अपिल गरेपछि यो संख्या एक हजारभन्दा वढिले वढेको छ।

ओलीले आईतवार करिव १२ वजे आफनो युट्युव च्यानल सब्सक्राब गर्न अपिल गरेका थिए। त्यतिवेला करिव ५ हजारवढि सब्सक्राइबर थिए। अहिले झण्डै ७ हजार पुगेका छन्। च्यानलमा करिव ४ महिनाको अवधिमा ३० ओटा भिडियो अपलोड भएका छन्।

ओलीले २०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो यूट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’ ओलीले लेखेका छन्, ‘आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’

विशेष