युवतीहरुबीच फिल्मी शैलीमा ग्याङ फाईट, एक युवती पक्राउ

सप्तकोशी किनारमा युवतीहरुबीच ग्याङ फाईट भएको छ। घट्नामा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। असार २९ गते राती भएको उक्त घट्नामा संलग्न भएको आरोपमा प्रहरीले १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरेको छ।
प्रितिसहित ५ युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। उनीहरुले १९ वर्षीया मनिषा राई र अन्य १६ र १७ वर्षीया नाबालिगलाई कुटपिट गरेका थिए।
सामान्य विषयमा झगडा हुँदा कुटाकुट भएको जनाएको प्रहरीले थप ४ जनाको पनि खोजी गरिरहेको छ। प्रहरीका अनुसार कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्।