प्रचण्डले ज्वाईलाई नाथमको कार्यकारी निर्देशक नबनाएको रिस भट्टराईले आज पोखे

गत मंसिरमा सम्पन्न निर्वाचनमा आफनै क्षेत्रमा लगेर जिताएर पठाएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एक पटक फेरी विरक्तिएका छन्।
भट्टराईले दाहालमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ प्रवृत्ति रहेको भन्दै कटाक्ष गरेका छन्। खास गरी समाजवादी मोर्चा गठनदेखि भट्टराई र दाहालकाबीचमा सम्वन्ध राम्रो देखिएको छैन।
तर, ज्वाई जेकेन्द्र श्रेष्ठलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक नबनाएको विषयमा पनि भट्टराई दाहालसँग रुष्ट छन्। मन्त्री स्तरिय निर्णयवाट नियुक्त हुने कार्यकारी निर्देशकका लागि भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीलाई पटक–पटक दबाब दिएका थिए।
यद्यपी उनको दबाब मन्त्रिस्तरिय निर्णयबाट नभई मन्त्रिपरिषद्बाट निर्णय गराउनेमा थियो। तर, मन्त्री किराँतीले वास्ता नगरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतलाई दबाब दिए। यो विषयमा असार १० गते दाहालले मन्त्री किराँतीलाई पनि बाबुरामका ज्वाइँलाई नियुक्त गर्न आग्रह गरेका थिए ।
तर, कार्यकारी निर्देशकको राजनीतिक नियुक्तिको विवाद अदालतमा रहेका कारण किराँतीले अझै पनि हिम्मत जुटाउन नसकिरहेका वेला सर्वोच्च अदालतले नै ‘ज्वाइँ नियुक्तिको बाटो’ बन्द गरिदियो।
त्यसपछि रिसाएका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष भट्टराईले सोमवार पालुङटार नगरपालिका १ खोप्लाङस्थित ज्योती चौतारामा वृक्षारोपण गर्दै दाहालको सक्दो आलोचना गरे। उनले भने–‘हामीले जसलाई अत्यन्त सद्भाव राखेर यो ठाउँमा लिएर आएर, जिताएर पठायौँ । उहाँमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ भन्ने उखानको जस्तो प्रवृत्ति देखियो।’
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन। उक्त क्षेत्र भट्टराई निर्वाचित हुँदै आएको ठाउँ हो। उनी स्वयम लागेर दाहाललाई चुनाव जिताएका थिए।
यो पनि,